२० आश्विन २०८३, मंगलबार | October 7, 2026

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय समितिको नव निर्वाचित नेतृत्वलाई सम्मान गरेको छ । इक्यान रुपन्देहीले शुक्रबार रुपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा आयोजित वनभोज कार्यक्रमसहित केन्द्रीय नेतृत्वलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रियु’ले शैक्षिक परामर्शदाताहरूलाई थप मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि प्रदेशस्तरमा स्पष्ट कानून निर्माणको आवश्यकता रहेको बताए । शैक्षिक परामर्शदाताप्रति राज्यको दृष्टिकोण अझै पनि पर्याप्त रूपमा सकारात्मक नभएको उल्लेख गर्दै उनले यस क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक नीति तथा कानूनी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय अध्यक्ष पौडेलले इक्यान र यसका सदस्यहरूको व्यावसायिक सुरक्षा तथा मर्यादा अभिवृद्धिका लागि ५१ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरे । सो अक्षयकोषका लागि उनले आफ्नो तर्फबाट ११ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा इक्यानका निवर्तमान केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, तथा इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देवबहादुर कुंवरलगायतले नव निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी, विश्वसनीय र पेशागत रूपमा मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले केन्द्रीय समितिको नयाँ नेतृत्वलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन इक्यान रुपन्देहीका सचिव उपेन्द्र यादवले गरेका थिए ।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले संघ-संस्थाबीच आपसी सहकार्य, एकता र पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते