३ चैत्र २०८२, मंगलबार | March 18, 2026

बालेन साहको घरमा तोडफोड



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन साहको काठमाडौंस्थित घरमा सामान्य तोडफोड भएको छ । मण्डिखाटारस्थित बालेन शाहको घरको ग्रिलमा गएराति तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त घटना चोरी गर्ने उद्देश्यले गरिएको जस्तो देखिएको छ । “चोरी गर्ने उद्देश्यले घरको ग्रिल तोडिएको जस्तो देखिन्छ,” डीएसपी बुढाथोकीले बताएका छन्, “हालसम्म के-कति चोरी भयो भन्ने विवरण प्राप्त भइसकेको छैन ।”

घटनापछि प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको जनाएको छ । सीसीटीभी फुटेज, आसपासको गतिविधि तथा अन्य प्रमाणका आधारमा घटना कसले र किन गराएको भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको समयमा बालेन साह चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा रहेका छन् । घरमा को-को थिए र सुरक्षाको अवस्था कस्तो थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ११ : २३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड