१८ माघ २०८२, आइतबार | February 1, 2026

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु हुनुपर्नेलगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

सो पार्टीले आज पत्रकार सम्मेलन गरी महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिएको सो दलले पुँजीवादी, दलाल र साम्राज्यवादी नीति र संस्कृतिको अन्त्य गर्दै धनी र गरिबबीचको खाडल अन्त्यको सङ्कल्प गरेको छ । महासचिव चन्दले शिक्षा र स्वास्थ्यलाई सर्वसुभल बनाउने र रोजगारीको सुनिश्चितता गर्ने, निजी क्षेत्रलाई आफूखुसी शुल्क तोकेर जथाभावी गर्न छुट दिन नहुने बताए ।

उनले कृषिलाई आत्मनिर्भर तथा विज्ञान र प्रविधिका क्षेत्रमा लगानी बढाउन र युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिए । व्यापार र लगानी बढाएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता सो पार्टीले गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : ५६ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक