२ असार २०८३, मंगलबार | June 17, 2026

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह



काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गरेका छन् ।

सभाको आजको बैठकमा ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले नीति लागू भएमा देश सुशासनयुक्त हुने बताए । उनीहरूले राज्य सञ्चालनका क्रममा नैतिक मूल्य र मान्यतालाई पालना गराई नेपाललाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’ बाट छिट्टै माथि उठाउनसक्नुपर्नेमा जोड दिए।

छलफलमा सभा सदस्यहरू तुलसाकुमारी दाहाल, विष्णुकुमारी सापकोटा, रुक्मिणी कोइराला, पदमबहादुर परियार, राजेन्द्रलक्ष्मी गैह्रे, मदनकुमारी साह (गरिमा) उर्मिला अर्याल, डा वेदुराम भुसाल, कृष्णप्रसाद अधिकारी, नारायणदत्त मिश्रलगायत सहभागी भएका थिए।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  २ : ५९ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ