१० चैत्र २०८२, मंगलबार | March 24, 2026

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन सम्पन्न भए नेकपा देशकै पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सामाजिक सञ्जालका गतिविधिले मात्र चुनावी नतिजा निर्धारण नगर्ने स्पष्ट पारे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा ‘हाहा’ र ‘हुहु’ गरेर केही नहुने टिप्पणी गरे ।

“स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन भयो भने हाम्रो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ,” प्रचण्डले भने, “सोसल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन ।”

उनले निर्वाचन देशभर एकै चरणमा गराउन सरकारलाई आग्रह गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी दिनुपर्ने बताए । “चुनाव एकै चरणमा होस् । निष्पक्ष रूपमा निर्वाचन हुने वातावरणको सुनिश्चितता गरियोस्,” उनले भने ।

प्रचण्डले राष्ट्रलाई एकताबद्ध गर्न सक्ने, भ्रष्टाचारविरुद्ध उभिन सक्ने, सुशासन र आर्थिक विकासलाई अघि बढाउन सक्ने नेता र पार्टी को हो भन्ने कुरा नेपाली जनताले पहिल्यै चिनिसकेको दाबी गरे ।

“राष्ट्रलाई एकताबद्ध गर्ने, सबैलाई जोड्ने, भ्रष्टाचारविरुद्ध र सामाजिक न्याय, सुशासन तथा आर्थिक विकासका पक्षमा अगाडि बढ्न सक्ने तथा मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्न सक्ने नेता र पार्टी को हो भन्ने नेपाली जनताले बुझिसकेका छन्,” उनले भने, “त्यसकारण सही ढंगले निर्वाचन भए यसपटक हामी सही पोजिसनमा आउँछौँ ।”

फागुन २१ गते नै निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्दै प्रचण्डले चुनाव नहुने हल्ला निराधार भएको बताए । “कतिपयले अझै पनि निर्वाचन हुन्छ कि हुँदैन भनेर शंका गरिरहेका छन् । दोस्रो संविधानसभा निर्वाचनका बेला पनि यस्तै अवस्था थियो,” उनले भने, “म स्पष्ट रूपमा भन्न चाहन्छु-चुनाव हुन्छ । फागुन २१ मै हुन्छ ।”

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ४ : ४५ बजे

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी