२२ माघ २०८२, बिहिबार | February 5, 2026

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान



काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक विचार गोष्ठीको आयोजना गरेको छ। “दक्षिण एसियामा क्षेत्रीय शान्ति र स्थिरता : काश्मिर समस्या समाधान अपरिहार्य पूर्वशर्त” विषयमा आयोजित उक्त कार्यक्रमले काश्मिर समस्याको न्यायोचित समाधान बिना यस क्षेत्रमै दिगो शान्ति सम्भव नहुने निष्कर्ष निकालेको छ।

कार्यक्रममा पत्रकार, लेखक, काश्मिर समर्थक, मानवअधिकारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीरपरराष्ट्रमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पठाएको सन्देश वाचन गरिएको थियो । सो सन्देशमा जरदारीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावअनुसार काश्मिरी जनताको आत्मनिर्णयको अधिकारप्रति पाकिस्तानको अटल समर्थन रहेको बताएका छन् ।

यसैगरी प्रधानमन्त्री शहबाज शरीफले काश्मिर एक्यवद्धता दिवसका अवसरमा काश्मिरी जनताको नैसर्गिक अधिकार प्राप्तिका लागि पाकिस्तानको नैतिक, कूटनीतिक तथा राजनीतिक समर्थन निरन्तर रहने प्रतिबद्धता जनाए।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सेनटर मोहम्मद इशाक डारले काश्मिरी जनताले भोगिरहेको दमन, मनपरी गिरफ्तारी, मानवअधिकार उल्लंघन तथा राजनीतिक र सञ्चार स्वतन्त्रतामाथिको दमनप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्ताव कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

कार्यक्रममा बोल्दै पाकिस्तानका राजदूत अबरार एच.  हाश्मीले जम्मु–काश्मिर समस्या समाधान नगरी दक्षिण एसियामा शान्ति र स्थिरता सम्भव नरहेको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघीय प्रस्ताव तथा विश्व समुदायको नैतिक जिम्मेवारीले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्ने स्पष्ट आधार प्रदान गरेको बताए।

छलफलमा सहभागी वक्ताहरूले अन्तर्राष्ट्रिय कानुनी र मानवीय मापदण्डअनुसार काश्मिर मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले जम्मु–काश्मिरका जनतासँग अन्तर्राष्ट्रिय समुदायले ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिँदै विवाद समाधान नै क्षेत्रीय शान्तिको आधार भएको निष्कर्ष निकाले।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ४ : ४५ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका