३१ भदौ २०८३, बुधबार | September 16, 2026

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ।

यससँगै सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला २ सय ७० रुपैयाँले घटेर चार हजार ७ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १० : ४९ बजे

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

मुगुको कलाई आसपास भूकम्पका दुई धक्का

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत