२३ माघ २०८२, शुक्रबार | February 6, 2026

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’



बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस नेताहरु दावी गरेका छन् । आसन्न प्रतिनीधि सभा निर्वाचनका सन्दर्भमा रुपन्देही क्षेत्र नं. २ मा वडा प्रचार कार्यालयहरुको उद्घाटनका क्रममा नेताहरुले कांग्रेस मुलुकको मियो पार्टी भएको दावी गर्दै मुलुकलाई सहि दिशा र गति दिनका लागि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरेका हुन् ।

रुपन्देही क्षेत्र नं. २ अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं. ६ को प्रचार कार्यालय उद्घाटनका क्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले युग अनुसार बदलिएको काँग्रेसले देशको मुहार पनि बदल्ने दावी गरे । उनले अहिले कांग्रेसले आम नेपालीले आशा र भरोसा गरेका पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अगाडि सारिएको बताउँदै उनको नेतृत्वमा बन्ने सरकारले मुलुकलाई सहि दिशा र गति दिने दावी गरे । त्यसका लागि मुलुकभर नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।

नेपाली कांग्रेसले रुपन्देही २ मा पार्टीका महासमिति सदस्य, समाजसेवी, उद्योगपती चुन्नप्रसाद शर्मा पौडेललाई उम्मेदवार बनाएको बताउँदै उनको जितले यस क्षेत्रको भौतिक, सामाजिक, आर्थिक तथा औद्योगिक विकासमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा उम्मेदवार पौडेलले आगामी निर्वाचन पार्टीको विश्वास, इतिहास र भविष्यको परीक्षा भएको औंल्याउँदै लामो समयपछि नेपाली कांग्रेसको पहिचान रुख चिन्हमा मतदान गर्न पाउनु गौरवको विषय भएको बताए । उम्मेदवार पौडेलले नेपाली कांग्रेसमा अनुभवी र दिग्गज नेताका साथै उत्साही युवा तथा विद्यार्थीहरू टोल-टोलमा खटिरहेको पनि बताए । लोकतन्त्र संसारकै सबैभन्दा लोकप्रिय शासन व्यवस्था भए पनि देशमा राजनीतिक अस्थिरता, युवा निराशा र जनविश्वास कमजोर हुँदै जानु चिन्ताको विषय भएको बताउँदै उनले भने, -‘हिजोको अवस्थाभन्दा आज हामी कति बदलिएका छौँ, जनताको आशा कति बोकेका छौँ भन्ने प्रश्न आफैँलाई सोध्न आवश्यक छ ।’

उनले यस्ता यावत समस्याको समाधान खोज्न आफू राजनीतिमा आएको स्पष्ट पार्दै आफूले झुटा सपना नदेखाउने, सत्य बोल्ने, जिम्मेवारी लिने र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले अब व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्य रोज्नुपर्ने, निराशा होइन आशा छर्नुपर्ने समय आएको उल्लेख गर्दै भोलीको नेपाल युवामैत्री, रोजगारमुखी र सुशासनयुक्त बनाउने नेपाली कांग्रेसको लक्ष्यमा आफू सारथी बन्ने विश्वास दिलाए । नेपाली कांग्रेसलाई बलियो बनाएर देशको भविष्य सुरक्षित गर्न का लागि सबैलाई एकताबद्ध भएर आम नेपाली जनताको विश्वास जितेको नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गरे ।

त्यस्तै पार्टीका क्षेत्रीय सभापति, निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले आम नेपाली जनताले भरोसा गरेको नेपाली कांग्रेसले गर्विलो ईतिहास बोकेको र सुनौलो भविश्यको मार्गचित्र पनि कोरेको बताउँदै आम नेपालीले देखेको सपना साकार पार्ने प्रतिवद्धता व्यक्त गरे । अहिले नेपाली जनतामा नेपाली कांग्रेस प्रतिको आशा र भरोसा बढेको बताउँदै यो आशा र भरोसालाई तुईन नदिईने दावी गरे । त्यसका लागि नेपाली कांग्रेसलाई विश्वास गरेर पार्टीका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : ३३ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस