१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै



काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि औपचारिक रूपमा सुरू हुँदैछ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल हुनेछन् ।

पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुनेछन् । उक्त खेल श्रीलंकाको कोलम्बोमा बिहान ११:१५ बजे शुरू हुनेछ । पहिलो दिनको दोस्रो खेल वेस्ट इन्डिज र स्कटल्यान्डबीच भारतको कोलकातामा दिउँसो ३ बजे खेलाइने छ ।

यसैगरी, पहिलो दिनको तेस्रो खेल भारत र अमेरिकाबीच हुनेछ । भारत र अमेरिकाबीचको खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७:१५ बजे शुरू हुनेछ ।

सन् २००७ देखि शुरू भएको टी-२० विश्वकपको यो १० औं संस्करणमा २० राष्ट्र सहभागी छन् । प्रतियोगिता मार्च ८ तारिखसम्म चल्नेछ । विश्वकपका खेलहरू भारत र श्रीलंकाका विभिन्न शहरमा आयोजना हुनेछन् ।

प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान र अमेरिका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । समूह ‘सी’ मा नेपाल, इङ्ल्यान्ड, इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिज छन् । समूह ‘डी’ मा अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) समावेश छन् ।

समूहगत चरणको खेल फेब्रुअरी २० तारिखसम्म चल्नेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर-८’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर-८’ चरणमा पुगेका टोलीलाई पुनः दुई समूहमा विभाजन गरिने छ । त्यस चरणबाट पनि शीर्ष दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । ‘सुपर-८’ चरण मार्च १ तारिखसम्म चल्नेछ ।

पहिलो सेमिफाइनल खेल मार्च ४ र दोस्रो सेमिफाइनल मार्च ५ मा हुनेछ । सेमिफाइनलमा विजयी दुई टोलीबीच मार्च ८ तारिखमा फाइनल खेल आयोजना गरिनेछ । यस विश्वकपमा कुल ५५ खेल हुनेछन् ।

विश्वकपमा इङ्ल्यान्ड, भारत, वेस्ट इन्डिज, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको १० औं सहभागिता हो । आयरल्यान्डले नवौं र अफगानिस्तानले आठौं पटक टी-२० विश्वकप खेल्न लागेका हुन् । नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाब्वेले सातौं सहभागिता जनाउँदै छन् ।

नामिबिया र ओमानको चौथो सहभागिता हुनेछ भने नेपाल र यूएईले तेस्रो पटक विश्वकप खेल्न लागेका हुन् । अमेरिका र क्यानडाको दोस्रो सहभागिता हो । इटाली भने पहिलो पटक टी-२० विश्वकपमा सहभागी हुँदैछ ।

टी-२० विश्वकप दुई राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको यो तेस्रो पटक हो । यसअघि सन् २०२१ मा यूएई र ओमान तथा सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका थिए ।

हालसम्म ६ राष्ट्रले मात्र टी-२० विश्वकपको उपाधि जित्न सफल भएका छन् । वेस्ट इन्डिज, इङ्ल्यान्ड र भारतले दुई-दुई पटक उपाधि जितेका छन् । भारतले सन् २००७ र २०२४, वेस्ट इन्डिजले सन् २०१२ र २०१६ तथा इङ्ल्यान्डले सन् २०१० र २०२२ मा उपाधि चुमेका थिए । अस्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले भने एक-एक पटक विश्वकप जितेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ९ : १० बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास