१८ असार २०८३, बिहिबार | July 2, 2026

साफ यु-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई



कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४-० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बनेको हो ।

भारतले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४२ औँ मिनेटमा कप्तान जुलान नोङमेथेमले गोल गरेर अग्रता बनाएकी हुन् । एलिजावेद लार्काले ६३ औँ मिनेटमा अग्रता बनाएकी थिइन् ।

भारतले खेलको ६८ औँ मिनेटमा पेनाल्टी पायो । बङ्गलादेशकी गोलकिपर बेगमले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा पर्ल फर्नान्डेजले गोल गरेकी थिइन् । यसैगरी अन्विता रघुरामनले ८३ औँ मिनेटमा गोल गरेपछि भारतले फराकिलो अन्तरको जित निकाल्न सफल भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अक्तरले पाएकी छिन् । उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ । यही माघ १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ६ : ४३ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले