२२ भदौ २०८३, सोमबार | September 7, 2026

आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

इंग्ल्यान्डका लागि जेकब बेथेलले सर्वाधिक ५५ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका उनले ३५ बलमा चार चौका र चार छक्काको मद्दतमा ५५ रन बनाए ।

त्यस्तै, कप्तान ह्यारी ब्रुकले चार चौका र तीन छक्कासहित ५३ रनको अर्धशतकीय पारी खेले । विल ज्याक्सले अविजित ३९ रन जोडे भने पूर्वकप्तान जोस बटलरले २६ रन बनाए ।

नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई-दुई विकेट लिए । सन्दीप लामिछाने र शेर मल्लले एक-एक विकेट हात पारे ।

अब नेपाल १८५ रनको लक्ष्य पछ्याउँदै ऐतिहासिक जितको प्रयासमा मैदान उत्रनेछ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ०२ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार