६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार



दार्चुला । दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा महाकाली नगरपालिका-४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गौरव महतले राससलाई जानकारी दिए । पक्राउ परेकी दिपिका महाकाली-४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती भएको उनले बताए । मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका-४ कै बासिन्दा हुन् ।

प्रहरी नायव उपरीक्षक महतका अनुसार घटनामा संलग्न रहेका आशङ्का गरिएका ‘अस्मिता बियर बार’का सञ्चालक आशिक, उनकी जेठी श्रीमती लक्ष्मी बडू, आशिकका भाइ मनिस पाल र राजेन्द्र डँडाल फरार रहेका छन् । घटनापछि फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका-४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार घर्ती सोमबार राति मृत फेला परेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : ०९ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार