१४ चैत्र २०८२, शनिबार | March 28, 2026

आर्थिक सुधारमा जोड दिँदै नेकपाले ल्यायो चुनावी प्रतिबद्धतापत्र (पूर्णपाठसहित)



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरणलाई केन्द्रमा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रूपमा पार्टीको निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गर्दै ‘सयौँ फूलहरू फुल्न दिऔँ’ भन्ने अवधारणा, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास, तथा नेपाली विशेषताको समाजवादलाई सामाजिक क्रान्तिको मूल बाटोका रूपमा अघि सारिएको छ ।

‘लोकतान्त्रिक शासन प्रणालीको आधारः जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र आर्थिक विकास तथा समृद्धिका आधारका रूपमा सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकता दिइएको छ । साथै, शिक्षा र स्वास्थ्यका गुणस्तरीय पूर्वाधार, उद्यमशीलता प्रवर्द्धन, उद्यमी परिवार निर्माण, तथा गाउँ–सहर घर–घरमा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ ।

नेकपाले वर्तमान अर्थतन्त्र गहिरो संरचनागत सङ्कटमा फसेको निष्कर्ष निकाल्दै विगतका दशकहरूमा अपनाइएका नवउदारवादी नीतिहरूले प्रारम्भिक रूपमा केही उत्पादन र रोजगारी सिर्जना गरे पनि दीर्घकालमा अर्थतन्त्रलाई आयात–निर्भर, गैर–उत्पादनमुखी र असमान बनाएको उल्लेख गरेको छ ।

प्रतिबद्धता पत्रमा बढ्दो व्यापार घाटा, अनुत्पादक क्षेत्रमा केन्द्रित बजेट खर्च, सिण्डिकेट र मिलेमतोको संस्थागत समस्या, गरिबी र आर्थिक असमानता कायमै रहेको यथार्थ औँल्याइएको छ । साथै, सहकारी तथा गैरसरकारी क्षेत्रमा नियमनको अभावका कारण विकृति र दुरुपयोग बढेको उल्लेख गरिएको छ ।

संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि पुरानो नीतिगत ढाँचाले मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा बाधा पुगेको नेकपाको ठहर छ । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा पुरानो आर्थिक मोडल व्यवहारिक नभएको निष्कर्षसहित पार्टीले उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता र आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नयाँ चरण प्रस्ताव गरेको छ ।

राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनमार्फत स्वाधीन र समृद्ध नेपाल निर्माणका लागि नेकपाले विशेष पहल गर्ने प्रतिबद्धता पनि पत्रमा व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : २४ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति