६ श्रावण २०८३, बुधबार | July 22, 2026

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ । कमजोर प्रदर्शनका कारण नेपालले प्रतियोगितामा लज्जास्पद हार व्यहोर्न पुगेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय २४ रनको सामान्य लक्ष्य इटालीले ११ ओभर ४ बलमै कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपालले खेलभर दबाब सिर्जना गर्न सकेन । विशेषगरी बलरहरूले इटालीको एक विकेटसमेत लिन नसक्दा नेपाल पूर्णतः निरिह देखियो ।

इटालीको जितमा ओपनर एन्थोनी मोस्का र जस्टिन मोस्काको उत्कृष्ट साझेदारी निर्णायक बन्यो । एन्थोनीले ३२ बलमा तीन चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए भने जस्टिनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ६० रन जोडे ।

दुवै मोस्का दाजुभाइको अविजित साझेदारीले इटालीलाई सहज जित दिलायो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ६ : ०७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको