१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन



बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल टण्डनको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

नवनिर्वाचित समितिमा फूलसिंह क्षेत्री, गोकर्ण पाण्डे, प्रेमनारायण बेल्बासे, श्रीमती सुम्निमा शर्मा पाठक र जनिजनारायण श्रेष्ठ सदस्य रहेका छन् । विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकाल सदस्य-सचिव रहने गरी सात सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।

नवगठित समितिको पहिलो बैठकले महेन्द्रनारायण श्रेष्ठलाई विद्यालयको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

नवनिर्वाचित अध्यक्ष टण्डनले लुम्बिनी वल्र्ड स्कुललाई प्रदेशकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी योजनाबारे जानकारी गराए । उनले विद्यालयको समग्र उन्नयनका लागि अभिभावक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहने उल्लेख गरे ।

गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीका उद्योगी-व्यवसायी, चिकित्सक, इन्जिनियर तथा देश-विदेशमा अध्ययन-अध्यापन गरेका व्यक्तिहरूको पहलमा स्थापना गरिएको विद्यालयको तेस्रो साधारण सभा अध्यक्ष योगेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ८ : ३२ बजे

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड

पत्रकार पक्राउको विरोधमा माइतीघरमा महासंघको प्रदर्शन, प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार, पाँच जबर्जस्ती करणी मुद्दाका

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय