१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने



तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान समयमा मुलुकलाई निकाश दिन निर्वाचन प्रमुख माध्यमका रूपमा रहेको बताएका छन् ।

शुक्रबार गुल्मीका मतदातालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत आम मतदाताले एउटा दललाई बहुमतसहित विजयी गराएर इतिहास रच्नुपर्नेमा जोड दिए ।

सभापति लामिछानेले एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आएकाले सक्षम र नेतृत्व लिनसक्ने व्यक्ति र दल छनोट गर्न आममतदातालाई आग्रह गरे । चुनावी प्रचारका लागि भेटघाट गर्दै उनी आज रिडी हुँदै तम्घास आएका हुन् ।

लामिछानेले आफूहरू देश बदल्ने अभियानमा सहभागी भएकाले यस अभियानमा सहकार्य र समन्वय गरी साथ दिन आनागरिकलाई आग्रह गरे । उनले अहिले गलत नेतृत्व छाने देशले दुःख पाउने धारणा राखे । उनले सदरमुकाम तम्घासमा रहेको सहिद शमशेरबहादुर खत्रीको शालिकमा माल्यार्पण गरेका थिए ।

रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नं १ मा सागर ढकाल र २ मा गोविन्द पन्थी उम्मेदवार भएका छन् । जिल्लामा कूल दुई लाख २९ हजार ५४९ मतदाता छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ८ : २७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित