५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ



बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३ जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका वडा नं. ८ कान्छीबजार घर भई सिद्धार्थनगर वडा नं. १२ आवारोडमा कोठाभाडा लिई बस्ने ४० वर्षिय बिशाल प्रताप राणा, वडा ७ भैरहवागाउ बस्ने २२ वर्षिय अरबाज मुसलमान र कैलाली घोडाघोडी नगरपालिका वडा १ पहलमानपुर बस्ने २८ वर्षिय बिकाश बहादुर सिंह ठकुरी रहेका छन् ।

उनीहरुबाट गाँजा १ के.जी, चरेस १०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट मोबाइल ३ र डिजिटल तराजु १ थानसहित बरामद गरी थप अनुसन्धान कार्य सुरु गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  २ : ०७ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही