७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु



बुटवल । बुटवल–पाल्पा सडक खण्डअन्तर्गत तिनाउ गाउँपालिका–३मा शनिबार भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । ठक्करपछि घाइतेहरूलाई थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका-४ पुर्तिघाट निवासी ३१ वर्षीय मिलन सार्की रहेका छन् भने अर्का मृतक अन्दाजी ३० वर्षीया महिलाको हालसम्म पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक महिलाको पहिचान खुलाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

दुर्घटनापछि टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । विशेषगरी सिद्धार्थ राजमार्ग क्षेत्रमा पछिल्लो समय सवारी चाप बढ्नु, तीव्र गति र लापरबाहीका कारण दुर्घटनाका घटना बढ्दै गएको भन्दै प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ४ : ४९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज