८ कार्तिक २०८३, आइतबार | October 25, 2026

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ विश्वबन्धु थापाको आज साँझ निधन भएको छ ।

विसं २००७ को क्रान्तिका योद्धासमेत रहेका थापाको उपचारका क्रममा आज साँझ मण्डिखाटारस्थित हेम्स अस्पतालमा निधन भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए । अन्ठानब्बे वर्षीय थापा आठ दशकदेखि नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनका साक्षीका रूपमा रहँदै आएका थिए ।

तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालिएको कदमपछि पञ्चायतलाई वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व दिएका थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भएका थिए । उनी नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका थिए ।

उनी तात्कालीन राजा महेन्द्रका विश्वासपात्र र नेपाली कांग्रेसका सभापति बिपी कोइरालाका अनुयायी रहेको राप्रपाका नेता कमल थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । स्वर्गीय थापाको भोलि अन्त्येष्टि गरिने नेता बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ११ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा