२८ असार २०८३, आइतबार | July 12, 2026

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड



रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन् ।

जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताए। “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यस पटक म विकासका लागि तपाइँहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु। मत दिएर विजयी गराउनुहोला,” उनले भने ।

प्रचण्डले स्वाधीन र समृद्ध नेपाल निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताए। “म स्वाधीन समृद्ध नेपाल निर्माणका लागि भिजन लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ,” उनको भनाइ थियो।

कार्यक्रममा स्थानीय बासिन्दाहरूले उल्लेख्य उपस्थित भई संयोजक प्रचण्डलाई स्वागत गरेका थिए। सहभागीहरूले आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : २६ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै