२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय



काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक मानिने भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल आज हुँदैछ। आर प्रेमदासा रंगशाला मा जारी खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै भारतले पहिले ब्याटिङ गर्दै ठूलो योगफल बनाउने लक्ष्यका साथ मैदान उत्रिएको छ।

यस खेलमा परम्परागत खेलभावनाभन्दा फरक दृश्य पनि देखिएको छ। टसका क्रममा दुवै टोलीका कप्तानले हात नमिलाएको दृश्यले समर्थक र विश्लेषकबीच थप चर्चा उत्पन्न गरेको छ।

समूह ‘ए’ मा रहेका दुवै टोलीले प्रतियोगिताको सुरुआती दुई-दुई खेलमा जित निकाल्दै उत्कृष्ट सुरुआत गरेका छन्। राम्रो रनरेटका आधारमा भारत समूहको शीर्ष स्थानमा रहेको छ भने पाकिस्तान दोस्रो स्थानमा छ। यस खेलको नतिजाले समूह विजेता बन्ने सम्भावनामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता सुरु हुनु अघि पाकिस्तानले भारतविरुद्ध नखेल्ने संकेत गरेको थियो। तर, पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको छलफलपछि पाकिस्तान खेल्न सहमत भएको हो, जसले यो खेललाई थप राजनीतिक र भावनात्मक आयाम दिएको छ।

भारत र पाकिस्तानबीचको टी-२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको इतिहासमा भारत स्पष्ट रूपमा बलियो देखिएको छ। अहिलेसम्म भएका १६ भेटमा भारतले १३ खेल जितेको छ भने पाकिस्तानले ३ खेलमा मात्र जित हासिल गरेको छ। त्यस्तै, टी-२० विश्वकपमा दुवै टोलीबीच भएका ८ खेलमध्ये भारत ७ पटक विजयी भएको छ भने पाकिस्तानले एक मात्र जित सन् २०२१ को विश्वकपको समूह चरणमा दर्ता गरेको थियो।

भारतको टोली: अभिषेक शर्मा, इशान किशन, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल, हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, जसप्रित बुमराह, कुलदीप यादव र वरुण चक्रवर्ती।

पाकिस्तानको टोली: साइम अयूब, साहिबजादा फरहान (विकेटकिपर), सलमान आगा (कप्तान), बाबर आजम, उस्मान खान, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन शाह अफ्रिदी, उस्मान तारिक र अबरार अहमद।

भारत-पाकिस्तानबीचको प्रतिस्पर्धा केवल खेलमा सीमित नभई राष्ट्रिय प्रतिष्ठा र समर्थकको भावनासँग जोडिने भएकाले यस खेललाई विश्वभरका क्रिकेट समर्थकले विशेष चासोका साथ हेरिरहेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : २२ बजे

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी