६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह



काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन आग्रह गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान सुरु गरेको छ ।

“आधारहिन हल्ला र भ्रममा नलागौँ । अरुका कुरा सुनेर आफ्ना बालिकाको स्वास्थ्यसँग खेलवाड नगरौँ । आफ्नो स्वास्थ्यको संरक्षणका लागि खोप लगाऔँ”, अध्यक्ष प्रा डा अधिकारीले भने, “एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभाग, नेपालबाट स्वीकृत सुरक्षित खोप हो ।”

अभियानअन्तर्गत गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ । अध्यक्ष डा अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गरे ।

“विफरले बर्सेनि धेरै व्यक्तिको ज्यान लिएको थियो । पोलियोले धेरै बालबालिकालाई जीवनभरका लागि अपाङ्गता बनाएको थियो । लहरे खोकी, डिफ्टेरिया, टिटानस जस्ता रोगले हाम्रो बाल मृत्युदर उच्च बनाएको थियो । आज ती रोगहरू नदेखिनु संयोग होइन । यो खोपको सफलता हो,” उनले भने, “खोप भनेको रोग लागेपछि उपचार होइन, रोग लाग्नै नदिनु हो ।”

वर्षौँ देखिको प्रयासपछि नेपालले एचपिभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट हाम्रा छोरी–नातिनीहरूको भविष्य सुरक्षित गर्ने बताए । अभियानअन्तर्गत सरकारले तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ५३ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको