२६ असार २०८३, शुक्रबार | July 11, 2026

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या



सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ ।

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

अज्ञात व्यक्तिले छातिमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

मृतक यादव मलङ्गवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : २२ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा