८ भदौ २०८३, सोमबार | August 24, 2026

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु



बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा-६ स्थित मोक्षधाममा दर्शन गरी चुनावी प्रचारप्रसारको औपचारिक सुरुआत गरेका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार सोमबारदेखि उनले घरदैलो अभियान सुरु गरेका हुन् ।

घरदैलो अभियानअन्तर्गत पौडेलले स्थानीय बासिन्दाको घरघरमा पुगेर कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटका क्रममा स्थानीयले कृषि उत्पादनको बजार व्यवस्थापन, व्यवसायिक चुनौती, रोजगारी अभाव तथा विकासका प्राथमिकताबारे आफ्ना समस्या र सुझाव राखेका थिए । पौडेलले मतदाताका गुनासा र सुझावलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पश्चिम पहुनीबाट सुरु भएको घरदैलो अभियान गोरकट्टा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो । अभियानमा समानुपातिक उम्मेदवार रिता सेन, क्षेत्रीय सभापति प्रजापाल गिरी, तिलोत्तमा-६ का सभापति युवराज भण्डारीलगायत काँग्रेसका नेता-कार्यकर्ता तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

उम्मेदवार पौडेलले घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ५ : १६ बजे

गरिमा हत्या प्रकरणमा राज्य संवेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, मंगलबार नयाँ नियुक्त मन्त्रीहरुको शपथग्रहण

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले मौजुदा मन्त्रिपरिषद्

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौं । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

खजुरा क्यान्सर अस्पताल परिसरबाट रुट निर्धारण गर्न यातायात व्यावसायी राष्ट्रिय महासंघको परिपत्र

नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले महासंघमा अवद्ध तीनवटा

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति