१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड



रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताएका छन्।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै प्रचण्डले दलित समुदायको उल्लेख्य बसोबास रहेको सो क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताए।

प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बन्नुभएका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गरेका छन् । “हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं,” उनले भने, “म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं । सरकार ढलेपछि त्यो काम अगाडि बढेन । म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पुरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु ।”

उनले दलितहरूको बाहुल्य रहेका क्षेत्रहरूलाई संरक्षित क्षेत्र बनाएर सो समुदायलाई विशेष अधिकार दिन सकिने बताए। यसैगरी उनले रुकुम पूर्वलाई सडक सञ्जालले जोड्ने महत्वपूर्ण सडक योजनामा पनि प्रतिबद्धता व्यक्त गरे । “हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं । त्यसको स्तरउन्नति गर्ने । तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्ड छिचोलेर आवतजावत सहज बनाउनेतिर मेरो ध्यान रहनेछ,” उनले भने । निर्वाचित भएपछि सो सडकलाई बेनीसम्म छिचोल्ने र स्थानीयलाई सुविधा पुग्ने गरी काम गर्ने उनको भनाइ छ ।

जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गर्दै प्रचण्डले संविधानले दलित, जनजातिलगायत सबैलाई अधिकार दिएको उल्लेख गरे । “अब फेरि यही क्षेत्रबाट समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनुपर्छ,” उनले थपे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ८ : २७ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि