१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

श्रीलंकाको शानदार जित, अस्ट्रेलियालाई हराउँदै सुपर आठमा प्रवेश



काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह चरणको महत्वपूर्ण खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै सुपर आठ चरणमा स्थान सुरक्षित गरेको छ । सोमबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै निर्धारित लक्ष्य १८२ रन प्रस्तुत गरेको थियो ।

उक्त लक्ष्य श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै मात्र दुई विकेटको क्षतिमा १२ बल बाँकी रहँदै १८४ रन बनाएर सहज रूपमा पूरा गर्‍यो । लगातार तेस्रो जित निकाल्दै श्रीलंकाले समूह ‘बी’मा ६ अंक जोडेको छ । यस समूहमा दुई खेल खेलेको जिम्बाबेले ४ अंक बनाएको छ भने तीन खेल खेलेको अस्ट्रेलियाले मात्र २ अंक जोड्न सकेको छ ।

अब सुपर आठमा प्रवेशका लागि अस्ट्रेलियालाई अन्तिम खेल जित्नैपर्ने दबाब रहेको छ । साथै, अस्ट्रेलियाको सम्भावना कायम रहन जिम्बाबेले बाँकी दुई खेल ठूलो अन्तरले गुमाउनुपर्ने अवस्था देखिएको छ । हालको अवस्थामा समूह ‘बी’बाट जिम्बाबेको सम्भावना बलियो देखिएको छ ।

यसअघि नै समूह ‘ए’बाट भारत सुपर आठमा प्रवेश गरिसकेको छ । यस समूहबाट दोस्रो स्थानका लागि अमेरिका र पाकिस्तानबीच प्रतिस्पर्धा जारी छ । पाकिस्तानले नामिबियाविरुद्धको अन्तिम खेल जितेमा ६ अंकसहित सुपर आठमा प्रवेश गर्नेछ, अन्यथा अमेरिका अघि बढ्नेछ ।

त्यस्तै, समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेका छन् । समूह ‘डी’बाट दक्षिण अफ्रिकाले स्थान सुरक्षित गरिसकेको छ भने न्युजिल्यान्ड र अफगानिस्तान अझै सुपर आठ प्रवेशको दौडमा रहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ५८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो