२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

आज ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै



काठमाडौं । नेपालमा आज ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा मूल समारोह समितिको आयोजनामा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ, जसमा रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम तय भएको छ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रजातन्त्र दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ । नेपालको इतिहासमा २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको गौरवपूर्ण दिनका रूपमा स्मरण गरिन्छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षका क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदान दिएका थिए। उनीहरूले प्रजापरिषद् नामक राजनीतिक संगठनमार्फत प्रजातन्त्र स्थापनाको अभियान सञ्चालन गरेका थिए ।

२००६ सालमा नेपाली कांग्रेस गठन भएपछि संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा सशस्त्र तथा निर्णायक आन्दोलन सञ्चालन गरिएको थियो । सोही आन्दोलनको परिणामस्वरूप २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासन व्यवस्थाको सुरुआत भएको थियो ।

प्रजातन्त्र स्थापनापछि विभिन्न राजनीतिक आन्दोलन र जनसंघर्षमार्फत नेपालमा लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र दिवसले सहिदहरूको बलिदान, जनसंघर्ष र लोकतान्त्रिक मूल्य तथा मान्यताको सम्मान गर्ने अवसरका रूपमा विशेष महत्व राख्दछ ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुने मान्यता सहिदहरूको बलिदान र जनआन्दोलनबाट स्थापित भएको उल्लेख गरेका छन् । नेपालमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस, वैशाख ११ गते लोकतन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवस औपचारिक रूपमा मनाउने गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : ०३ बजे

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव