५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य



विराटनगर । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ बनाउन सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रेस काउन्सिल नेपालको सहयोगमा आज यहाँ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको दुईदिने ‘पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण’ तालिमको उद्घाटन सत्रमा सरोकार भएकाहरूले त्यस कार्यमा पत्रकारको भूमिका थप महत्त्पूर्ण रहेको बताएका हुन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन लोकतन्त्र र संविधानको रक्षा दृष्टिले महत्त्वूर्ण रहेको भन्दै निर्वाचनको स्वच्छतामा सबै सचेत हुनुपर्ने बताए। उनले समाजलाई कमजोर बनाउने र जनतामा भ्रम फैलाउने प्रवृत्तिविरुद्ध पत्रकारिताले योगदान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका अन्य वक्ताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले सञ्चार माध्यम र सञ्चारकर्मीले सचेत भएर जनतालाई सुसूचित गर्नुपर्ने धारणा राखेका थिए ।

महासङ्घका अध्यक्ष भरत खड्काले दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा निर्वाचनमा थप भूमिका निर्वाह गर्न पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहितालगायत पत्रकारले पालना गर्नुपर्ने नैतिक आचरणबारे छलफल हुने बताए।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ११ : ५५ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका