१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रास्वपाले किन गर्यो भैरहवा र पोखराको चुनावी सभा स्थगित !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागिएका चुनावी सभा स्थगित गरेको छ । पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले दिएको जानकारीअनुसार फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा तय गरिएका चुनावी सभा हालका लागि स्थगित गरिएको हो ।

उक्त सभाहरूमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर विशेष कारणले ती सभा स्थगित गरिएको रावलले जानकारी दिएकी छन् । यद्यपि सभा स्थगित गर्नुको कारण भने सार्वजनिक गरिएको छैन ।

यसअघि पार्टीले बुधबार र बिहीबार धनगढी र वीरेन्द्रनगरमा चुनावी सभा सम्पन्न गरिसकेको  । सुर्खेतको सभामा सहभागी भएपछि वरिष्ठ नेता साह स्वास्थ्य समस्याका कारण काठमाडौं फर्किएका छन् ।

यसैबीच सभापति लामिछाने भने सुर्खेतबाट बाँके हुँदै दाङतर्फ चुनावी अभियानमा सक्रिय छन् । उनी बिहीबार राति तुलसीपुर पुगेका थिए ।

तुलसीपुरमा लामिछानेको स्वागतका क्रममा पार्टीका केही कार्यकर्ताले एमालेको झण्डा जलाएको घटना सार्वजनिक भएपछि त्यहाँ राजनीतिक तनावको अवस्था सिर्जना भएको छ । उक्त घटनापछि विभिन्न राजनीतिक दल र समूहहरूले आपत्ति जनाउँदै घटनाबारे चासो व्यक्त गरेका छन् ।

पार्टीले आगामी कार्यक्रमहरूबारे भने चाँडै नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ३ : ३६ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न