६ आश्विन २०८३, मंगलबार | September 22, 2026

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु



सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र ०१/०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-२ का २२ वर्षीय हरिश ओली रहेको बताए । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका-६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ ।

यस्तै, सुप प्र ०१/००९ प ७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका-१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक चन्दले भने, “प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् । योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए ।”

मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : ५० बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ ९इयु०की कार्यकारी