९ कार्तिक २०८३, सोमबार | October 26, 2026

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवस : बुटवलका तीनवटा विद्यालयमा छात्रवृत्ति अक्षकोष स्थापना गरिँदै



बुटवल । भोली फागुन १० गते बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३ औं स्थापना दिवस मनाईँदै छ । निजी क्षेत्रमा यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले उद्योगी व्यवसायीहरुको हकहित तथा व्यवसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासमा लगानीसहितको योगदान गर्दै आएको बुटवल उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा भोली आईतबार संघमा औपचारिक कार्यक्रम आयोजना गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

उनकाअनुसार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ सहित नीजि तथा सरकारी सेवाका प्रतिनीहरुको सहभागिता रहने छ ।

संघले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष १ जना पूर्वअध्यक्षलाई सम्मान गर्दै आएको छ । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरुको तर्फबाट निर्मलप्रसाद लाकौललाई सम्मान गर्न लागिएको हो ।

लाकौल २०६१ देखि २०६३ सम्मा संघको अध्यक्ष भएर काम गरेका थिए । पूर्वअध्यक्ष लाकौलले संघको श्रीबृद्धि तथा यस क्षेत्रको औद्योगिक, व्यवसायिक सहित आर्थिक तथा सामाजिक विकासमा पु¥याएको योगदानको उच्च मुल्यांकन सहित सम्मान गर्न लागिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।

सोही कार्यक्रममा संघले बुटवलका तीन वटा सामुदायिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गर्नेछ । अध्यक्ष अर्यालका अनुसार बुटवल उपमहानगरपालिका वडा नं। ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’लाई बृद्धि गरिने छ भने बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालय र वडा नं। ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरिने छ । त्यसैगरी संघको औषधि व्यवसायी बस्तुगत समितिको समन्वयमा मानव सेवा आश्रमलाई औषधी प्रदान गरिने छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : २८ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को