१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

वर्षाका कारण न्युजिल्याण्ड र पाकिस्तानको खेल रद्द, दुवैले पाए एक-एक अंक



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ चरणको पहिलो खेल वर्षाका कारण अवरुद्ध भएपछि न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन् । निर्धारित समयअनुसार शनिबार साँझ श्रीलंकाको कोलम्बोमा सवा ७ बजे सुरु हुने तय भएको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले एक-एक अंक प्राप्त गरेका हुन् ।

यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान समूह ‘ए’को उपविजेताका रूपमा सुपर-८ मा प्रवेश गरेको थियो । पाकिस्तानले समूह चरणका चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै ६ अंक जोडेको थियो । त्यसैगरी, समूह ‘डी’बाट प्रतिस्पर्धा गरेको न्युजिल्याण्डले पनि तीन जित र एक हारसहित ६ अंक जोड्दै सुपर-८ चरणमा स्थान सुरक्षित गरेको हो ।

यस संस्करणको विश्वकपमा कुल २० राष्ट्र सहभागी छन् । प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्याण्ड सुपर-८ चरणमा पुगेका छन् ।

सुपर-८ चरणका टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘एक’मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे रहेका छन् भने समूह ‘दुई’मा इंग्ल्यान्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

सुपर-८ अन्तर्गत आइतबार दुई महत्वपूर्ण खेल हुने तालिका छ । पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ, जसलाई प्रतियोगिताको महत्वपूर्ण खेलका रूपमा हेरिएको छ ।

टी-२० विश्वकप २०२६ को फाइनल खेल फागुन २४ गते हुने तय गरिएको छ । यसैबीच, नेपाल भने समूह चरणबाटै बाहिरिएर प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : ५६ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ