२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल



बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले घरदैलो अभियानको छैटौँ दिन पनि मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन् ।

छैटौँ दिनको अभियान बिहान बुटवल उपमहानगरपालिका-९ अन्तर्गत नेपालगन्ज रोडको कालिका मन्दिरबाट सुरु भएको थियो । त्यहाँबाट कालिकापथका विभिन्न टोल, मिलनचोक, तिनकुने चोक हुँदै कालिकापथ शिवालयसम्म पुगेर उनले मतदातासँग भेटघाट गरे ।

स्थानीयले विशेषगरी कालिकापथ क्षेत्रमा रात्रीकालीन बजार व्यवस्थित गर्नुपर्ने, खानेपानीको समस्या समाधान गर्नुपर्ने तथा सुरक्षित र सहज व्यापारिक वातावरण बनाउनुपर्ने माग अघि सारेका थिए । व्यवसायीहरूले बजार व्यवस्थापन, सडक बत्ती र सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।उम्मेदवार शर्माले कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याउँदै आवश्यक पूर्वाधार सुधारमा पहल गर्ने बताए ।

छैटौँ दिनसम्म आइपुग्दा जनताको उत्साहले अझ जिम्मेवारी बढाएको छ उनले भने ।अभियानमा नेपाली काङ्ग्रेसकी समानुपातिक उम्मेदवार रिता सेन ओलिले जनताको घरदैलोमा पुगेर सुझाव लिनु नै लोकतन्त्रको सुन्दर अभ्यास भएको बताइन् । समानुपातिक प्रणालीमार्फत समावेशी आवाज संसदमा पु¥याउने हाम्रो दायित्व हो ओलीले भनिन् ।

त्यसैगरी दिउँसो १ बजेपछि अभियान बुटवल उपमहानगरपालिका-११ तर्फ मोडिएको थियो ।कालिकानगर सर्भिस लेनबाट सुरु भएको घरदैलो होराइजन चोक, योगीकुटी, माझगाउँ, देवीनगर हुँदै तल्लो देवीनगरसम्म पुगेको थियो । वडा नं. ११ का बासिन्दाले सडक स्तरोन्नति, ढल निकास, खानेपानी र सहरी पूर्वाधार सुधारको माग राखेका थिए ।

उम्मेदवारहरूले स्थानीय तहसँग समन्वय गरी चरणबद्ध रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : १० बजे

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक