१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आईसीसी टी-२० विश्वकप सुपर ८ मा दक्षिण अफ्रिकाको शानदार जित, भारत ७६ रनले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रालाई बलियो बनाएको छ । यस महत्वपूर्ण जितसँगै दक्षिण अफ्रिकाले सुपर ८ चरणमा मूल्यवान अंक जोडेको छ ।

एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको भारत सुरुआतदेखि नै दबाबमा देखिएको थियो । नियमित अन्तरालमा विकेट गुमाउँदा भारतीय टोली १८.५ ओभरमा १११ रनमै अलआउट भयो ।

भारतका लागि शिवम दुवेले ३७ बलमा ४२ रन बनाएर केही प्रतिरोध देखाए पनि अन्य ब्याट्सम्यान प्रभावकारी हुन सकेनन् । ओपनर इशान किसन पहिलो ओभरमै शून्य रनमा आउट भए भने अर्का ओपनर अविशेष शर्माले १५ रन बनाए । कप्तान सूर्यकुमार यादवले २२ बलमा १८ रन मात्र जोड्न सके ।

भारतलाई सस्तोमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका मार्को जेन्सेनले उत्कृष्ट बलिङ गर्दै ३.५ ओभरमा २२ रन खर्चेर चार विकेट लिए । त्यस्तै केशव महाराजले तीन विकेट लिए भने कोर्बिन बोशले दुई तथा एडन मार्करामले एक विकेट हात पारे ।

यसअघि भारतस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ४५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै डेवाल्ड ब्रेभिसले ४५ तथा ट्रिस्टन स्टब्सले ४४ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

भारतका लागि बलिङतर्फ जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा मात्र १५ रन खर्चेर तीन विकेट लिए । अर्शदीप सिंहले दुई विकेट लिए भने वरुण चक्रवर्ती र शिवम दुवेले समान एक-एक विकेट लिए ।

यस जितसँगै दक्षिण अफ्रिकाले सुपर ८ चरणमा आफ्नो स्थिति मजबुत बनाउँदै सेमिफाइनल प्रवेशको सम्भावना थप बलियो बनाएको छ भने भारतमाथि दबाब बढेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ३९ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ