२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

धादिङ सब दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीबाट दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना



काठमाडौं । केपी शर्मा ओलीले धादिङमा गएराति भएको बस दुर्घटनामा ठूलो मानवीय क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत शोक सन्देश जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा संलग्न निकायलाई प्रभावकारी सेवा उपलब्ध गराउन आग्रहसमेत गरेका छन् ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको भैँसीगौंडा क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २६ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनापछि सुरक्षाकर्मीले तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेलाई नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ३५ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व