६ श्रावण २०८३, बुधबार | July 22, 2026

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री



देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका हिराबहादुर खत्रीले महिलालाई घरमै बसेर कमाउन सक्ने बनाउने योजना ल्याउन आवश्यक भएको बताएका छन । अझै पनि ग्रामिण क्षेत्रका महिलाहरु घरमै बसेर घरको कामकाजमै समय बिताउने गरेको उल्लेख गर्दै घर यसै बसेर समय बिताउने महिलाहरुलाई थोरै भएपनि घरमै बसेर आत्मनिर्भर हुने योजना ल्याउने बताए ।

रुपन्देही क्षेत्रनम्बर एक अन्तरगतका दक्षिणी भेगका पालिकाहरुमा सोमबार घरदैलोसँगै सुझाव संकलन तथा संवाद गर्नु भएका उम्मेद्वार खत्रीले महिलालाई आत्मनिर्भर र आर्थिकोपार्जनमा अब्बल बनाउने गरि योजना बनाएको बताए । महिलालाई सीपसँग जोडेर उनीहरुलाई घरमै बसेर पनि आत्मनिर्भर बनाउनु अहिलेको आवश्यकता भएको बताउँदै उम्मेद्वार खत्रीले सानो-सानो सीप र इलम सिकाएर आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाउने बताए ।

समृद्ध नेपालीका लागि र मुलुकको विकासकालागि पनि पहिले महिलाको जीवनस्तर उकास्न जरुरी रहेको भनाइ राखेका खत्रीले महिला सशक्तिकण र आत्मनिर्भरताको पक्षमा आफुले सदनमा बहस गर्ने विश्वास ब्यक्त गरे ।

क्षेत्र नम्बर एकका देवदह, तिलोत्तमा, रोहिणी र ओम सतियाका विभिन्न वडामा दैनिक घरदैलो गरेका खत्रीले मतदातासँगको आवश्यकता, सुझाव र जिज्ञासा संकलन गर्दै हिडेको निर्वाचन परिचालन समिति संयोजक हरि काफ्लेले जानकारी दिए । घरदैलो कार्यक्रममा सुशासन, विकास निर्माण, कृषिको आधुनिकिकरण, युवालाई रोजगारलगायतका विषयहरुलाई आम मतदाताले उम्मेदवार खत्री समक्ष राखेको संयोजक काफ्लेले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ५ : ३२ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९