२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

कप्तान साम्बालाई कांग्रेसको आर्थिक सहयोग



काठमाडौं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि रु पाँच लाख सहयोग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा रहेको उल्लेख गर्दै उनको उपचारका लागि पार्टीको तर्फबाट उक्त सहयोग गरेको जानकारी दिएका छन् ।

साम्बाको उपचारका लागि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं ३४४०१०१०००११३७ मा सो नगद जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेकी प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला सबैले उनलाई साथ दिन जरुरी रहेको बताए । सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

केएमसी अस्पतालले साम्बाको निःशुल्क उपचार गरिदिने

यसैबीच काठमाडौं मेडिकल कलेज (केएमसी)ले राष्ट्रिय कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने भएको छ । सो अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले विज्ञप्ती जारी गरी कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ३८ बजे

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे