३ श्रावण २०८३, आइतबार | July 19, 2026

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)



बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर ले रुपन्देही–२ मा घरदैलो अभियानलाई तीव्रता दिएका छन् । निर्वाचन नजिकिँदै जाँदा उनको घरदैलोको रफ्तार तिब्र बनेको हो ।

उनी हरेक दिन मतदाताको घर–घर पुगेर आफ्ना चुनावी एजेन्डा सुनाउँदै समर्थन जुटाइरहेका छन् । विहिबार उनले बुटवल उपमहानगरपालिका–४ अन्तर्गत दुर्गा मन्दिर लाइन, अमरपथ, राम मन्दिर लाइन, हाटबजार तथा जेसिज चोक क्षेत्रमा घरदैलो गरेका छन् । स्थानीय बासिन्दा, व्यवसायी, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनले क्षेत्र विकासका आफ्ना योजना प्रस्तुत गरे ।

घरदैलोका क्रममा उम्मेदवार पाण्डेले विशेष गरी व्यवसायीका समस्यालाई प्राथमिकतामा राखेका थिए । उनले करको दायरा स्पष्ट र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्न वातावरण सिर्जना गरिने बताए । व्यवसायीलाई अनावश्यक झन्झट होइन, सहजीकरण आवश्यक छ,” उनले भने, ‘डिजिटल प्रणालीमार्फत कर प्रशासनलाई सरल र पारदर्शी बनाउने मेरो योजना छ ।’

घरदैलो अभियानमा जुटेका स्थानीबासीका बीच बोल्दै उनले अबको विकास प्रविधिमैत्री हुनुपर्ने धारणा राखे । “डिजिटल सेवा प्रणाली लागू गरी सेवाग्राहीलाई लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ,” पाण्डेले भने, “रुपन्देही–२ लाई स्मार्ट र व्यवस्थित क्षेत्र बनाउने मेरो लक्ष्य हो ।”

घरदैलोका क्रममा अधिकांश स्थानीयले उनको एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए । धेरैले विकास, सुशासन र रोजगारी केन्द्रित योजनामा सहमति जनाउँदै मत दिने आश्वासनसमेत दिएका छन् ।

उम्मेदवार पाण्डे रुपन्देही–२ अन्तर्गतका सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाका मुख्य चोक तथा बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । चोक–चोकमा साना कोणसभा गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको दोहोर्‍याउँदै आएका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा पाण्डेले घरदैलो, भेटघाट अझ तीव्र पार्ने बताएका छन् । जनताको विश्वास नै मेरो बल हो,” उनले भने, रुपन्देही–२ को समग्र विकासका लागि म प्रतिबद्ध छु ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ९ : १२ बजे

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको

अविरल वर्षापछि फेरि डुब्यो माइतीघर, ट्राफिक आवागमन प्रभावित

काठमाडौं । आइतबार काठमाडौंमा परेको अविरल वर्षापछि माइतीघर मण्डल क्षेत्र

कांग्रेसमा एकताको सम्भावना कमजोर, इतर पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले नयाँ कार्यदिशा तय

मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र