३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन



पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कास्की जिल्लास्थित निर्वाचन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

कास्की जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत तथा प्रदेश सुरक्षा निकायका पदाधिकारीसँगको बैठकमा उनले निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउनका लागि आआफ्नो जिम्मेवारीअनुसारका कामलाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गरे ।

उक्त अवसर गृहसचिव श्रेष्ठलाई जिल्लाको समग्र सुरक्षा व्यवस्था सम्बन्धमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा निर्वाचनको तयारी सम्बन्धमा मुख्य निर्वाचन अधिकृत हिमलाल वेलवासेले जानकारी गराएका थिए । बैठकमा गृहसचिव श्रेष्ठसहित प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सहभागी थिए ।

गृहसचिव श्रेष्ठसहितको टोली आजै स्याङ्जाको चापाकोट, बाग्लुङको ताराखोला हुँदै पोखरा आएर पोखरामा बैठक सम्पन्न गरी गोरखा गएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ८ : २३ बजे

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली