१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

पश्चिम एशियामा तनाव बढ्दै, इजरायलस्थित नेपाली दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ बसोबास गर्दै आएका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

दूतावासले शनिबार जारी गरेको एड्भाइजरीमा क्षेत्रीय परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो। सूचनामा इजरायली सुरक्षा निकाय तथा ‘होम फ्रन्ट कमान्ड’ले जारी गरेका सुरक्षा निर्देशहरूको पूर्ण पालना गर्न विशेष अनुरोध गरिएको छ।

दूतावासले नेपालीहरूलाई सकेसम्म घरभित्रै बस्न, अनावश्यक आवतजावत नगर्न र आफू बसोबास गर्ने क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन सुझाव दिएको छ। सम्भावित आकस्मिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षित स्थान वा तोकिएका बङ्कर (सेल्टर) नजिकै रहन पनि आग्रह गरिएको छ।

यस्तै, सम्बन्धित इजरायली निकायको पूर्वस्वीकृतिबिना कुनै पनि यात्रा नगर्न निर्देशन दिइएको छ। स्थानीय समाचार, आधिकारिक सूचना तथा आपतकालीन चेतावनीहरू नियमित रूपमा हेर्दै सही र आधिकारिक जानकारीका आधारमा मात्रै निर्णय लिन दूतावासले सचेत गराएको छ।

शनिबार इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि उत्पन्न परिस्थितिको प्रभाव मध्यपूर्वका विभिन्न देशहरूमा समेत देखिन थालेको छ। त्यसै सन्दर्भमा दूतावासले नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : १७ बजे

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

बुटवल । पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश

रुपन्देहीमा ८ लाखभन्दा बढीका अवैध सामान बरामद, कुखुरा, केरा र मोबाइल डिस्प्ले नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले

बुटवल गार्डियन्स ०७९ द्वारा सुरज पाण्डेलाई समर्थन

बुटवल । सामाजिक कार्यमा सक्रिय बुटवल गार्डियन्स ०७९ ले सुरज

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : विश्वप्रकाश

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न