५ बैशाख २०८३, शनिबार | April 18, 2026

बुटवल गार्डियन्स ०७९ द्वारा सुरज पाण्डेलाई समर्थन



बुटवल । सामाजिक कार्यमा सक्रिय बुटवल गार्डियन्स ०७९ ले सुरज पाण्डेलाई समर्थन गर्ने निर्णय गरेको छ । पाण्डे उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार हुन् ।

संस्थाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा पाण्डेका एजेन्डा विकासमुखी र जनमुखी रहेको निष्कर्ष निकाल्दै औपचारिक रूपमा समर्थन घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रविण मल्ल ठकुरीले पाण्डेले प्रस्तुत गरेका योजना र प्रतिबद्धता स्थानीय आवश्यकता अनुरूप रहेको बताए । उनले पाण्डेको नेतृत्वले क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, संस्थाका उपाध्यक्ष मोहन पाण्डेले सामाजिक रूपान्तरण, सुशासन र युवामुखी कार्यक्रमलाई प्राथमिकता दिएकै कारण पाण्डेको पक्षमा उभिने निर्णय गरिएको स्पष्ट पारे । उनले रुपन्देही क्षेत्र नं. २ को विकासका लागि सक्षम, इमानदार र दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

समर्थन घोषणासँगै संस्थाले आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई समेत पाण्डेको पक्षमा मतदान गर्न आह्वान गरेको छ । कार्यक्रममा दुई सयभन्दा बढी युवाहरू सहभागी भई पाण्डेको अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ५ : २२ बजे

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता