१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

टी-२० विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा



काठमाडौं । पाकिस्तान राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६को सुपर-८ चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा श्रीलंका राष्ट्रिय क्रिकेट टोलीविरुद्ध आवश्यक अन्तरले जित निकाल्न नसकेपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको हो ।

पाकिस्तान बाहिरिएसँगै सुपर-८ को समूह २ बाट न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली सेमिफाइनलमा पुगेको छ । यसअघि नै इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली लगातार तीन जितसहित सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । न्युजिल्यान्डले रनरेटमा पाकिस्तानलाई पछि पार्दै अन्तिम चारमा स्थान बनाएको हो ।

पाकिस्तानलाई सेमिफाइनलमा पुग्न श्रीलंकालाई १४७ रनभन्दा कम योगफलमा रोक्नुपर्ने अवस्था थियो । तर श्रीलंकाले उत्कृष्ट ब्याटिङ गर्दै लक्ष्य नजिक पुगेपछि पाकिस्तान आवश्यक रनरेट कायम गर्न असफल भयो । पाकिस्तानले भने खेलमा ५ रनको जित निकालेको थियो ।

पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०७ रनमा समेटियो । श्रीलंकाका कप्तान दासुन शनाकाले उत्कृष्ट प्रदर्शन गर्दै ३१ बलमा ७६ रन बनाए। त्यस्तै पथुम निसंकाले ५८ रन, कामिन्दु मेन्डिसले २६ रन तथा चारिथ असलांकाले २५ रनको योगदान दिए ।

पाकिस्तानका लागि अबरार अहमदले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै नसीम शाह, शाहीन शाह अफ्रिदी र मोहम्मद नवाजले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका ओपनर साहिबजादा फरहानले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा शतक पूरा गरे । उनले ९ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै फखर जमानले ४२ बलमा ९ चौका र ४ छक्कासहित ८५ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले ३ विकेट लिए भने दासुन शनाका र दुष्मन्थ चमेराले क्रमशः २ र १ विकेट लिए ।

यस नतिजासँगै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ भने इंग्ल्यान्ड र न्युजिल्यान्डले समूह २ बाट सेमिफाइनल यात्रा तय गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : १४ बजे

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१

रास्वपा कर्णालीकी संस्थापक महामन्त्रीसहित दुई नेता कांग्रेसमा

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री

टी-२० विश्वकप सुपर-८ मा आज निर्णायक खेल, भारत र वेस्ट इन्डिजमध्ये एक सेमिफाइनलमा पुग्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ चरणमा आइतबार