३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह



कञ्चनपुर । होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थानमा होहल्ला, जुलुस, भीडभाड, मदिरा सेवन तथा बिक्रीवितरण, जबर्जस्ती रङ दल्ने, फोहर पानी छ्याप्नेजस्ता कार्य गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही हुने बताए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्ष्य गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३ (घ) अनुसार जुलुस वा आमसभामा सहभागी हुने तथा प्रचारप्रसारमा संलग्न व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअङ्कित लोगो, स्टिकर, टिसर्ट, टोपी, झोला, गम्छालगायत सामग्री प्रयोग गर्न नपाइने व्यवस्था रहेको उनले उल्लेख गरे ।

सोही प्रावधानअनुसार होलीका अवसरमा निर्वाचन चिह्न वा उम्मेदवारको तस्बिरअङ्कित सामग्री प्रयोग गरेमा पनि कारबाही गरिने जनाइएको छ । धार्मिक तथा सांस्कृतिक पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरिएको छ । अरूको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने कार्य नगर्न सचेत गराइएको छ ।

कानुनविपरीतका गतिविधि भए प्रचलित कानुन र आचारसंहिताअनुसार कडा कदम चालिने प्रशासनले स्पष्ट पारेको छ । शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार ढङ्गले पर्व मनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ३३ बजे

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली