१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान



काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत प्रत्यक्ष र समानुपातिक दुवै मत पत्रमा रुख चुनाव चिह्नमा मतदान गर्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका हुन् ।

“यही फागुन २१ गते प्रतिनिधिसभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्दछ, यसका लागि हाम्रो माग तथा शुभकामना छ”, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, “यो निर्वाचनमा म उम्मेदवार किन हुँदै छैन, त्यसका कारण मैले गत माघ ६ गतेको दिन बिहान सामाजिक सञ्जालमार्फत सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु ।”

नेता खड्काले यही फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा पुगेर प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रमा रुखमा स्वस्तिक छापको लालमोहर लगाई कांग्रेसलाई विजयी गराउन अनुरोध गरेका छन् ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ नेतृत्व चुनिएपछि प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर सर्वोच्च पुगेका खड्का पूर्व सभापति शेरवहादुर देउवासँगै मौन बसिरहेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ११ : ५३ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित