४ असार २०८३, बिहिबार | June 18, 2026

सर्वोच्च नेता खामेनीको हत्या भएको दाबीपछि इरानको कडा चेतावनी, बदला लिने घोषणा



तेहरान । इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएको दाबीपछि कडा प्रतिक्रिया जनाउँदै दोषीमाथि बदला लिने चेतावनी दिएको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यस घटनाले इस्लामिक जगत र शिया इतिहासमा गम्भीर प्रभाव पार्ने बताएका छन् ।

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उक्त घटनालाई कुनै पनि हालतमा अनुत्तरित नछाडिने र यसमा संलग्न व्यक्ति वा समूहलाई कडा सजाय दिइने स्पष्ट पारिएको छ । राष्ट्रपति पेजेस्कियानले सर्वोच्च नेताको बलिदानले अमेरिकी-जियोनिस्ट दमन र अपराधविरुद्ध थप सशक्त प्रतिरोधको आधार तयार गर्ने दाबी गरेका छन् ।

उनले खामेनीको बलिदानलाई अन्यायविरुद्धको संघर्षको प्रतीकका रूपमा चित्रण गर्दै यसको प्रभाव दीर्घकालीन हुने बताएका छन् । साथै, इरानले आफ्ना सम्पूर्ण शक्ति, दृढ संकल्प र विश्वभरका इस्लामिक राष्ट्र तथा स्वतन्त्रताप्रेमी जनताको समर्थनका साथ घटनाका योजनाकार र कार्यान्वयनकर्तालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

यस घटनाप्रति शोक व्यक्त गर्दै इरान सरकारले ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । साथै, राष्ट्रपतिले सात दिनसम्म सार्वजनिक बिदा दिने निर्णय पनि गरेका छन् ।

इरानले यस घटनालाई आफ्नो सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानमाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गर्दै आगामी कदमबारे आवश्यक निर्णय लिने जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : ३१ बजे

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय

रास्वपाका महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन

सरकारी भोगाधिकारको जग्गा लिजमा रुपान्तरण गर्न विभागको पत्राचार

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति,

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक