५ श्रावण २०८३, मंगलबार | July 21, 2026

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश



काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा वेस्टइन्डिज राष्ट्रिय क्रिकेट टोलीलाई ५ विकेटले पराजित गर्दै भारतले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अब भारतले मार्च ५ मा इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीसँग वानखेड़े स्टेडियम, मुम्बईमा सेमिफाइनल खेल खेल्नेछ ।

ईडन गार्डन्स, कोलकातामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन बनाए भने जेसन होल्डर ३७ रनमा अविजित रहे । भारतका जसप्रीत बुमराहले २ विकेट लिँदै विपक्षीलाई ठूलो स्कोर बनाउनबाट केही हदसम्म रोके ।

वेस्टइन्डिजले अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ गर्दै ७० रन थपेको थियो । रोवमन पावेल र जेसन होल्डरले पाँचौं विकेटका लागि अविजित ७६ रनको महत्वपूर्ण साझेदारी गरे । त्यस्तै कप्तान शाई होप र रोस्टन चेजले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

१९६ रनको लक्ष्य पछ्याएको भारतको सुरुआत कमजोर रह्यो । अभिषेक शर्मा र ईशान किशन समान १०-१० रनमा आउट भए भने तिलक वर्माले २७ र कप्तान सूर्यकुमार यादवले १८ रनको योगदान दिए ।

तर संजू स्यामसनले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ९७ रनको निर्णायक पारी खेले । उनले ४ छक्का र १२ चौका प्रहार गर्दै भारतलाई जित दिलाए ।

यस जितसँगै भारतले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने उपाधि यात्रालाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : २४ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको