११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो



काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको छ। भीरबाट खसेको उक्त गाडीमा मतपेटिकासहित निर्वाचन कर्मचारी र सुरक्षाकर्मी सवार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी खसेको सूचना प्राप्त भएसँगै प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ प्रस्थान गरेको छ। “गाडी दुर्घटनामा परेको जानकारी आएको छ। हामी उद्धारका लागि जाँदैछौँ, गाडी नम्बर खुल्न बाँकी छ,” जिप्रका रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजन तिमल्सिनाले बताए।

उनका अनुसार मन्थलीबाट रामेछाप–२ र ३ का मतदान केन्द्रका लागि निर्वाचन सामग्री लिएर हिँडेको गाडी देउराली–सिरुबारी भीरमा खसेको हो। सो गाडीमा देउराली मतदान केन्द्रका मतदान अधिकृत तथा असई नेतृत्वको सुरक्षाकर्मी चढेका थिए ।

घटनाको विस्तृत विवरण र मानवीय तथा भौतिक क्षतिबारे जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उद्धार कार्य तीव्र बनाइएको जनाएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ५ : २७ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम