१९ असार २०८३, शुक्रबार | July 3, 2026

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल



बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका चुन्नप्रसाद शर्मा पौडेललाई मत दिन उद्योगी-व्यवसायीहरूले आग्रह गरेका छन् ।

काँग्रेसको उद्योगी-व्यवसायी परिचालन उपसमितिका संयोजक हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई व्यक्तिको प्रतिष्ठाभन्दा पनि देश रुपान्तरणको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको छ ।

विज्ञप्तिमा राजनीति आय-आर्जनको माध्यम नभई जनसेवाको अवसर भएको उल्लेख गर्दै निजी क्षेत्रप्रति काँग्रेसको विश्वासलाई मतमा परिणत गर्ने समय आएको जनाइएको छ ।

उम्मेदवार पौडेलले उद्योग-व्यवसाय तथा समग्र विकाससँग सम्बन्धित विभिन्न प्रतिबद्धता अघि सारेका छन् । कर तथा राजश्व कानुन सुधार गरी आयकर छुट सीमा १० लाख रुपैयाँसम्म पु¥याउने, विभिन्न शीर्षकमा लिइने करलाई एकीकृत गर्ने र भिसिटिएस तथा ई-बिलिङ प्रणालीलाई एउटै सफ्टवेयरमा समेटेर सरल बनाउने प्रतिवद्धता जनाइएको छ ।

यस्तै, सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माण तथा खरिद प्रक्रिया सहज र पारदर्शी बनाउने, बुटवल औद्योगिक क्षेत्र विस्तार गर्ने तथा मोतिपुर औद्योगिक क्षेत्र स्थानीय सरकारसँगको समन्वयमा सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार गर्ने र बुटवल मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको छ । साथै कृषि आधुनिकीकरण, युवालाई सीपमूलक तालिम, रोजगारी सृजना, भूमिहीन व्यवस्थापन, चुरे संरक्षण, नदी तटबन्ध, सडक तथा खेल पूर्वाधार विकास, प्राविधिक शिक्षाको विस्तार र झुम्सा खानेपानी आयोजना सम्पन्न गर्ने योजनासमेत समेटिएका छन् ।

विज्ञप्तिमा काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल जनतासँग नजिक रहेर काम गर्ने नेतृत्वका रूपमा प्रस्तुत हुँदै कानुन निर्माण र विकासका एजेन्डा कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । उद्योगी-व्यवसायी परिचालन उपसमितिले सम्पूर्ण उद्योगी-व्यवसायी समुदायलाई सक्रिय सहभागिताका साथ मतदान गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : १९ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा