६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने



काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो ।

नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत बिक्री डिपोहरू खोल्ने व्यवस्था मिलाउने र सोको अग्रिम जानकारी सम्बन्धित सबैलाई दिने, इण्डियन आयल कर्पोरेशनसँग समन्वय गरी हाल भइरहेको आयात र वितरणलाई थप व्यवस्थित तुल्याउने जनाएको छ ।

पेट्रोलियम पदार्थका बिक्रेताहरूबाट सवारीसाधनमा भर्नेबाहेक भण्डारण गर्ने प्रयोजनका लागि इन्धन उपलब्ध नगराउने, डिलर तथा बिक्रेताहरूको नियमित अनुगमन गरी मौज्दात विवरण सङ्कलन तथा अद्यावधिक गर्ने र पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति निरन्तर भइरहेको हुँदा अनावश्यक भण्डारण गरेर नराख्न सर्वसाधारण सबैलाई अनुरोध गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खाद्यान्न तथा नुनको सहज आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई निर्देशन दिने निर्णय गरेको छ । अत्यावश्यक खाद्यान्न तथा नुनको सहज आपूर्ति व्यवस्थालाई निरन्तरता दिने र आफू मातहतका गोदामहरूमा भएको मौज्दातको विवरण सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ४९ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार