२४ भदौ २०८३, बुधबार | September 10, 2026

रूपन्देहीमा निर्वाचनको तयारी पूरा



बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार हुने निर्वाचन प्रक्रियाअन्तर्गत मौनअवधि सुरु भइसकेको अवस्थामा खटिएका कर्मचारी निर्वाचन सामग्री लिई तोकिएको मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको हो ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले मतदान तथा मतगणनासम्बन्धी व्यवस्थापकीय कामकारवाहीलाई तीव्रता दिएको र जिल्लाका पाँचै निर्वाचन क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थासहित आवश्यक पूर्वतयारीको काम पूरा भएको जानकारी दिए । निर्वाचनका लागि जिल्लाका २१३ मतदान स्थलअन्तर्गत ७३६ मतदान केन्द्रको तयारी पूरा भएको र सुरक्षाको व्यवस्था पनि चुस्त पारिएकाले ले निर्धक्क भई मतदान गर्न उनले आग्रह गरे ।

जिल्लाभर खटिएका ७३६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत आआफ्नो कार्यक्षेत्रमा खटिएका छन् । निर्वाचनका क्रममा जिल्लामा चार हजार ४०४ कर्मचारी तथा दुई हजार २०३ स्वयम्सेवक परिचालन गरिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा कूल छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । पाँचै क्षेत्रमा मतगणनास्थल तयारीसमेत अन्तिम चरणमा पुगेको, गणनास्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान तथा तारजाली व्यवस्थापन गरी सुरक्षा प्रबन्ध कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ६ : २९ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको